काठमाडौं । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा मंगलवार पोर्टोसँग भिड्दै छ ।
युभेन्टसले घरेलु मैदानमा हुने दुई टिमबिचको खेल नेपाली समय अनुसार राती १ः४५ बजे शुरु हुनेछ ।
पोर्टोको घरेलु मैदानमा भएको पहिलो लेगमा २–१ ले पराजित युभेन्टसलाई च्याम्पियन्स लिगको क्वाटरफाइनल यात्राका लागि जित्नै पर्ने दवाव छ । युभेन्टसले घरेलु मैदानमा १–० को जित निकाल्दा समेत च्याम्पियन्स लिगको अर्को यात्रा तय गर्नेछ ।
दोस्रो लेगमा १–० को जित निकाल्दा समग्रमा समान २–२ भएपनि युभेन्टस अवे गोलको आधारमा शीर्ष आठमा पुग्नेछ । तर, पोर्टोले बराबरी खेले युभेन्टस च्याम्पियन्स लिगको शीर्ष १६ बाटै बाहिरिने छ ।
यता पोर्टोको लक्ष्य भने कम्तिमा पनि युभेन्टसलाई जुनसुकै अवस्थानमा पनि बराबरीमा रोक्नु रहने छ । पोर्टोले यभेन्टसलाई बराबरीमा रोक्न सके पोर्टो च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया