प्रवीण बास्तोला शंकास्पद मृत्यु प्रकरण : थप एकजनालाई थुनामा राख्ने आदेश

लोकपथ
0
Shares

काठमाडौं – मोरङ उर्लाबारी नगरपालिका – ५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा जोडिएका झापाका राजेश रणपहेंलीलाई जिल्ला अदालत मोरङले थुनामा राख्ने आदेश दिएको छ।

गत बिहीबार पक्राउ परेका ३२ वर्षीय रणपहेंलीलाई मंगलबार थुनछेक बहसपछि न्यायाधीश मनोज केसीको इजलासले थुनामा राख्ने आदेश दिएको हो ।

आफ्ना साथीहरु भाडामा बस्ने गरेको उर्लाबारी(६ स्थित रमेश गिरीको घरमा सुत्न गएका बास्तोलाको शंकास्पद मृत्यु भएको अवस्थामा गत पुस ५ गते शव भेटिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?