मनमोहन अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

लोकपथ
0
Shares

काठमाडौं । स्वयम्भूस्थित मनमोहन मोमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । अस्पतालले यहि फाल्गुन २९ गते र चैत्र १ गते विशेषज्ञ चिकित्सकहरुद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको अस्पताल प्रशासक रामप्रसाद गजुरेलले जानकारी दिएका छन् ।

मृगौला, क्यान्सर, पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि रोग भएकाहरुलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ । शिविरमा निशुल्क ओपीडी र मनोपरामर्श सेवा समेत लिन सकिने छ ।

सिट सिमित भएकाले अग्रिम बुकिङ गर्न समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?