एमाले ब्युँतिएसँगै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली देखिएका छन् । उनी पार्टीमा शक्तिशाली देखिएपनि सबैलाई समन्वय गरेर अघि बढ्नुपर्ने चुनौती उनीसामु देखिएको छ ।
ओली तत्कालीन एकीकृत नेकपाको संसदीय दल र केन्द्रीय कमिटीमा प्रचण्ड र माधवकुमार नेपाल मिल्दा अल्पमतमा रहेका थिए । तर, एमाले र माओवादी छुट्टाछुट्टै भएपछि ओली पार्टी केन्द्रीय कमिटी र संसदीय दलमा बहुमतमा छन् ।
तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा भने उनलाई अन्य दलसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बाध्यता रहेको छ ।
एमालेसँग स्पष्ट बहुमत नभएकाले प्रधानमन्त्री ओलीले संसदमा रहेका काँग्रेस, जसपा वा माओवादी केन्द्रसँग सहकार्य गर्नुपर्ने बाध्यता रहेको हो । राजधानी दैनिकमा खबर छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया