घुँडा टेकेर ननले गरिन् गोली नचलाउन आग्रह, केहिबेरमै चल्न थाल्यो अन्धाधुन्ध गोली

लोकपथ
0
Shares

काठमाडौं । म्यानमारमा सैन्य कू को विरोधमा प्रदर्शन गर्ने क्रममा धेरैले ज्यान गुमाइसकेका छन् । आज (बिुधवार) पनि म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अर्का नेताको पनि ज्यान गएको छ । सैन्य कू को विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका उनको हत्या भएको हो ।

तर सैन्य दमनकाबीच एक ननले घुँडा टेकेर केही पुलिसकर्मीहरुलाई प्रदर्शनकारीमाथि गोली नचलाउन आग्रह गरेकी थिइन् । उक्त तस्वीर अहिले निक्कै चर्चामा छ ।

तस्वीरमा सेतो कपडा लगाएकी सिस्टर आन रोज नु तवाङले घुँडा टेकेर केही पुलिसकर्मीहरुलाई प्रदर्शनकारीमाथि गोली नचलाउन आग्रह गरेको देखिन्छ । तर उनको यो प्रार्थना सफल भने भएन । त्यसको केही समयमै गोली चल्न थाल्यो । र २ जना प्रदर्शनकारीले ज्यान गुमाए ।

उनले भनिन् ‘मैले उनीहरुलाई प्रदर्शनकारीहरुलाई चोट नपुर्याउन र उनीहरुसँग मानवतापूर्वक व्यवहार गर्न बिन्ती गरेकी थिएँ ।’ द सनका अनुसार तवाङ र एक जना पुलिसकर्मी भुइँमा ढोग्दै गरेका देखिएका थिए तर त्यसको केही समयमै गोली चल्न थाले ।

गोलीबारीमा कम्तीमा २ जना प्रदर्शनकारी मारिएको र कैयौं अन्य घाइते भएको सिस्टर तवाङ र अन्य प्रत्यक्षदर्शीले बताएका छन् । सैन्य प्रवक्ता र पुलिसले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

सत्तारुढ दलका नेताहरुको गिरफ्तारीपश्चात म्यानमारको सेनाले सत्ता हत्याउँदै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ । म्यानमारको सेना समर्थित टेलिभिजनबाट एक भिडिओ सन्देश जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेका थिए ।

सेनाले सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)की नेतृ एवम् स्टेट काउन्सिलर आन साङ सुकी, राष्ट्रपति विन मिन्ट र प्रदेशका मुख्यमन्त्रीहरूलाई गिरफ्तार गरेको थियो ।

गत नोभेम्बरमा भएको निर्वाचनमा एनएलडीले सरकार गठनका लागि संसद्मा पर्याप्त सिट जिते पछि सेनाले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएको थियो। सो निर्वाचनमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित हात पार्दा सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा खुम्चिएको थियो।

3 Protesters Killed As Myanmar Workers Go On Strike

सन् १९६२ देखि २०११ सम्म सैनिक शासन रहेको म्यानमारमा सन् २०१५ को चुनावपछि त्यहाँको सैनिकले नागरिक सरकारलाई पूर्ण सत्ता हस्तान्तरण गरेको थियो ।

हिरासतमा रहेका म्यानमारका अर्का नेताको हत्या, दिइएको थियो चरम यातना : 

म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का अर्का नेताको पनि ज्यान गएको छ । सैन्य कू को विरोधमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका उनको हत्या भएको हो ।

यसअघि एनएलडीका अर्का नेता खिन मौन लाटको गएको शनिवार ज्यान गएको थियो । सुरक्षाकर्मीले चरम यातना दिँदा दुईजना नेताको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, सेनाले भने भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका नेता झा म्याटलिनको ज्यान गएको प्रतिक्रिया दिएको छ ।

म्यानमारमा सैनिक 'कू' : प्रदर्शनमा सहभागीमाथि सेनाले चलायो गोली, एकको मृत्यु « Lokpath

म्याटलिनको परिवारले भने पेटमा कसरी चोट लाग्यो भनेर प्रश्न गरेका छन् । नेतृ सुकीसहितका नेताहरुलाई रिहाइको माग गर्दै म्यानमारमा विरोध प्रदर्शन भैरहेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म ६० जनाभन्दा धेरै व्यक्तिको ज्यान गैसकेको छ भने २ हजारभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् ।

त्यहाँको सेनाले फेरि चुनाव गर्ने भन्दै एक वर्षको सङ्कटकाल लगाएर सैनिक शासन लागू गरेको छ । त्यसको विरोधमा हरेक दिन हिंसात्मक प्रदर्शन भैरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?