काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ । पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफलका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो ।
हिजो मंगलवार साँझ बसेको बैठकलाई नै निरन्तरता दिन आज बुधवारको बैठक डाकिएको हो । बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल गर्ने माओवादी केन्द्रका एक नेताले बताए ।
सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र ब्युँत्याएछिको माओवादी केन्द्रको यो दोस्रो बैठक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया