ओछ्यानमै चक्कु प्रहार गरी हत्या : सोमवार राति नै चक्कुसहित गएका थिए रोहितको घर

लोकपथ
0
Shares

काठमाडौं । बारामा हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन् । निजगढ नगरपालिका-९ बुद्धचोक बस्ने रौतहट चन्द्रपुर नगरपालिका-४ घर भएका भुगेश्वर शर्माका १८ वर्षीय छोरा कालु भन्ने रोहित शर्माको हत्या गरेको अभियोगमा रौतहट चन्द्रपुर नगरपालिका-४ ठेगाना भएका २९ वर्षीय अरूण कुमार साहलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।

रोहितको घाटीमा चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा शव ओछ्यानमै रहेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनाको अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न अरुणलाई चन्द्रनिगाहपुरस्थित किराना पसलबाट फेला पारी पक्राउ गरेको हो ।

पूर्व रिसइवि र विवादको कारण मार्ने मनसाय अनुसार अरुण नै बसेर मंगलवार बिहान चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो ।

उनलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?