६० किलो गाँजासहित एक जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । बारामा ६० किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

पचरौता नगरपालिका-८ बाजपटी कुलोबाट करिब ६० किलो अवैध लागूऔषध गाँजासहित बारागढी गाउँपालिका-४ पोखरिया टोल बस्ने ५० वर्षीय बाबुलाल चौधरीलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बारागढी समेतबाट खटिएको प्रहरीले उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?