सम्राट सिमेन्टले गुणस्तर इजाजत नलिइ फर्जी काम गरेको खुलासा, विभागले कारबाही प्रक्रिया अघि बढायो

लोकपथ
7
Shares

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले दाङको श्री सम्राट सिमेन्ट कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

बुधवार बजार अनुगमनको क्रममा सो उद्योगबाट उत्पादित देव सम्राट प्रिमियम ५३ ग्रेड (एनएस ५७२) उल्लेखित करिब १०० बोरा ओपीसी सिमेन्ट राजधानीको बाफलमा विक्री वितरणका लागि राखेको पाइएको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

No description available.

नेपाल गुणस्तर इजाजत पत्र प्राप्त नगरी ५३ ग्रेडमा नेपाल गुणस्तर प्रमाण चिह्न प्रयोग गरी नेपाल गुणस्तर ऐनको बर्खिलाप गरेको पाइएकाले कारबाही प्रक्रिया अघि बढाइएको विभागका प्रवक्ता दीनानाथ मिश्रको भनाइ छ ।

उनले सो उद्योगलाई नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारबाही प्रक्रिया अघि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?