काठमाडौं – अछामको मेल्लेख गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा १५ जना विद्यार्थी घाइते भएका छन् ।
गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिएर घरतर्फ फर्किँदै गरेका दुर्गा देवी माध्यमिक विद्यालयका विद्यार्थी चढेको से २ त ३१५५ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिका-७ नन्देगडामा ट्याक्टर दुर्घटनामा १५ जना घाइते भएका हुन् ।
उनीहरुको बयालपाटा अस्पतालमा उपचार भइरहेको अछामका प्रहरी प्रमुख तुल्सीराम अर्यालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया