सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्युँताएपछि एमालेको केन्द्रीय कार्यालयको साइनबोर्ड फेरिएको छ। एमाले केन्द्रीय कार्यालय मात्रै नभएर देशभरिका पार्टी कार्यालयमा साइनबोर्ड राख्ने क्रम सुरु भएको छ।
एकीकरणअघि एमाले केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा थियो। वि.सं. २०७५ जेठ ३ गतेको एकतापछि दुवै
ठाउँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयको साइनबोर्ड राखिएको थियो। एमालेका कार्यालय सचिव ईश्वरी रिजालले धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड मङ्गलबार फेरिएको जानकारी दिए ।
उनले सर्वोच्चको आदेश कार्यान्वयनका लागि पार्टी कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गरिएको बताउँदै जिल्लामा पनि एमालेको कार्यालय भएको भवनमा धमाधम पार्टी कार्यालयमा रहेका बोर्ड फेर्ने काम भइरहेको जानकारी दिए । यस्तै माओवादीको पनि सोही अनुसार साइनबोर्ड फेर्ने काम भइरहेको खबर गोरखापत्रमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया