गाउँगाउँमा परिचालित हुन थाल्यो एमाले

लोकपथ
0
Shares

दैलेख । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पूर्ववत अवस्थामा फर्काइदिएपछि दैलेखमा नेकपा एमाले गाउँ पसेको छ । साबिकको नेकपाको पूर्व निर्धारित कार्यक्रम र ब्यानरसमेत परिवर्तन गरेर नेकपा एमालेका नेताहरू गाउँ अभियानमा लागेको हुन् ।
दैलेखको पूर्वी क्षेत्रमा पर्ने नौमूले गाउँपालिकामा कार्यकर्ता भेला आयोजना गरिएको छ । सो भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा दैलेख पार्टी इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलले आफूहरू पुरानै घरमा फर्किएको बताए । कार्यकर्तालाई पनि अलमल नगरी मूल घरमै बस्न उनले आग्रह गरे ।
नेकपा एमालेका नेता तथा भूमि आयोग दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले अब एमालेलाई गाउँबस्तीमा सुदृढ गराउँदै लैजाने बताए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?