गुटगत भेला राख्ने नेपाल पक्षसँग ओली रुष्ट

लोकपथ
0
Shares

एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल तथा झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही ‘सफ्ट’ देखिएपनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ ।
सोहीअनुसार बुधबार राजधानीमा बसेको नेपाल पक्षीय भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका ओलीकै हुने भन्दै त्यसको पहलकदमी उनैले लिनुपर्ने आवश्यकता औंल्याएको छ ।
तर नेपाल पक्षले गुटगत भेला जारी गरेको भन्दै ओली पक्ष रुष्ट छ ।
राजधानी दैनिक लेख्छ–एमालेलाई शक्तिशाली बनाउन सबै एकमत भएपनि ओली पक्ष नेपालसँग अझै सशंकित नै रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?