काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३६६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
यसैगरी आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३९ रुपैयाँ १४ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९० रुपैयाँ ७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ७० पैसा र बिक्रीदर १० रुपैयाँ ७५ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया