आज शिवरात्री, पशुपतिमा बिहानैदेखि दर्शनार्थीको भीड

लोकपथ
0
Shares

काठमाडौं । आज बिहीवार आराध्यदेव भगवान शिवको विशेष पूजा आराधना गरी देशभर शिवरात्री मनाइँदैछ । काठमाडौंको पशुपति, डिल्लीबजारको वसन्तेश्वर, जयबागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गारेश्वर, नौलोगाउँ बझाङ, कैलाशमाडौँ बाजुरा, नर्वदेश्वर ओखलढुङ्गा, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्त लिङ्गेश्वर, हलेशी, देवघाटलगायत देशभरका शिवालयमा शिवको विशेष आराधना भइरहेको छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गइ पूजा–आराधना गर्छन् । शिवको विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहेको छ।

अहिले काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको बाक्लो भिड लागेको छ । महाशिवरात्रिका लागि नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत पशुपति मन्दिर परिसरमा साधुसन्तहरू आएका छन् ।

दर्शनार्थीको लाइन व्यवस्थापन, सुरक्षालगायतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र कोषका सुरक्षाकर्मी गरी १० हजार सुरक्षाकर्मी खटाइएको छ । सुरक्षा, आवास, भोजनलगायतको व्यवस्थापनका लागि ११ वटा समिति बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?