आज काठमाडौंका यी क्षेत्रमा सवारी साधन चलाउन नपाइने, यस्तो छ रुट

लोकपथ
0
Shares

काठमाडौं । शिवरात्रि पर्वको अवसरमा पशुपतिनाथको पूजा गर्न देशविदेशबाट लाखौं भक्तजन काठमाडौं आएका छन् । भक्तजनहरु काठमाडौं ओइरिँदा पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा पर्ने चाप बढ्छ व्यवस्थापन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष योजना बनाएको छ । योजनाअनुसार आज पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ ।

काम विशेषले घर बाहिर निस्कँदा वा पशुपतिनाथ दर्शनका लागि जाँदा महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्धारण गरेको सवारी रुट, पार्किङ क्षेत्रलगायतका विषयमा जानकारी लिनु लाभदायी हुने देखिन्छ ।

महाशाखाले चक्रपथ चल्ने यातायात सेवा सुचारु राख्ने निर्णय गरेको छ । यद्यपी दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित भएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने महाशाखाले जनाएको । चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने महाशाखाले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

यस्तो छ रुट :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?