भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीमाथि आक्रमण

लोकपथ
0
Shares

काठमाडौं । भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीमाथि आक्रमण भएको छ ।

पश्चिम बंगालको नंदीग्राममा चुनावी अभियानका क्रममा हिजो (बुधवार) साँझ मुख्यमन्त्री बेनर्जी आक्रमण भएको हो ।

आक्रमणबाट उनको खुट्टा, काँध र घाँटीको हाडमा चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घाइते उनलाई कोलकातामा रहेको सरकारी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

उनीमाथि आक्रमण गर्ने समूहको पहिचान हुन सकेको छैन । घाइते भएपछि बेनर्जीका सबै कार्यक्रम रद्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?