काठमाडौं । जनता समाजवादी पार्टी नेपाल जसपाको पदाधिकारी बैठक सम्पन्न भएको छ ।
आज (बिहीवार)को बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभुत मान्यताबारे सबै दलहरुसँग उच्च तहमा सम्वाद गर्ने निर्णय गरेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताएका छन् ।
भट्टराईले बैठकका निर्णयबारे जानकारी दिँदै पार्टीको समायोजन तथा आगामी कार्ययोजनावारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्ने बताएका छन् ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासमिकरणका लागि जसपाका पाँच शिर्ष नेताहरुसँग छलफल गर्दै छन् ।
जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यतावारे सबै राजनीतिक दलहरूसंग उच्चतहमा संवाद गर्ने निर्णय गरेको छ। साथै पार्टीको समायोजन तथा आगामी कार्ययोजनावारे आवस्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्ने भएको छ।
— Baburam Bhattarai (@brb1954) March 11, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया