केही स्थानमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज शुक्रवार देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ । पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल सुदूर श्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं २ बाहेक अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

यसैगरी आज राती देशभरी आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशको पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?