अक्सफोर्ड खोपका कारण ‘रगत जमेको’ कुनै प्रमाण नभेटिएको दाबी

लोकपथ
0
Shares

एजेन्सी । युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफोर्ड–एस्ट्राजेनका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभएको जनाएको छ। डेनमार्क तथा नर्वे लगायतका देशहरूले सो खोपको प्रयोग स्थगित गरेपछि यूरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले स्पष्टीकरण दिएको हो।

ती देशमा थोरै सङ्ख्यामा मानिसहरूलाई खोप लिएपछि रगत जमेको विवरण आएपछि खोप वितरण स्थगित गरिएको थियो। साथै सो खोप लिएपछि इटलीमा एक ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर ज्यान गएको जनाइएको थियो ।

त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको ईएमएले जनाएको छ। पचास लाख युरोपेलीहरूलाई खोप दिँदा करिब ३० वटा यस्ता घटना देखा परेका उसको दाबी छ ।

खोप लगायत कुनै पनि अनुमतिप्राप्त उपचारका केही साइड इफेक्ट वा अन्य प्रभाव केही व्यक्तिमा देखा पर्न सक्ने भए पनि अधिकांशको हकमा ती प्रभाव सामान्य किसिमका हुने बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?