काठमाडौं । अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालकमाथि दुर्व्यवहार र लुटपाट गर्न खोजेको आरोपमा दुईमध्ये एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा २४ वर्षीया मलेसिया किंग रहेको प्रहरीले जनाएको छ ।
किंगलाई लास भेगास पोलिस डिपार्टमेन्टले बिहीवार पक्राउ गरेको हो ।
घटनाकी अर्की शंकास्पद २४ वर्षीया अर्ना किमिआई प्रहरीको सम्पर्कमा रहेको र आफैँ उपस्थित हुने जानकारी कानुनी सल्लाहकारमार्फत जानकारी गराएकी छिन् ।
मार्च ७ मा उक्त घटना भएको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उबर ड्राइभर ३२ वर्षीय शुभाकर खड्काले मास्क लगाउन अनुरोध गर्दा ती युवतीहरुले उनीमाथि दुर्व्यवहार गरेका थिए । उनीहरुले खड्कालाई जातीय गाली गर्दै उनको फोन खोसेर मास्क च्यातिदिएका थिए ।
ती महिलाहरुले खड्कालाई दुर्व्यवहारमात्र नगरी लुटपाट नै गर्नखोजेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
- एजेन्सी
UBER RIDERS COUGH ON, ASSAULT, PEPPER SPRAY DRIVER
Driver Subhakar Khadka, who is South Asian, says he believes he was targeted because of his race. He picked up 3 women in the Bayview yesterday afternoon on San Bruno Avenue. https://t.co/Tzr7kTfyKQ pic.twitter.com/f8PiHDZ9CZ— Betty Yu (@BettyKPIX) March 9, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया