बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा बसमा पनि

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २२ वटा भाडाका बसहरुमा क्यूआर कोड सेवाको शुभारम्भ गरेको छ ।

हिजो (बिहीवार) डिजिटल कारोबार विस्तार गर्ने क्रममा पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ क्यूआर कोड को सेवा शुभारम्भ गरेको हो ।

उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशिक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेका थिए ।

सो सेवाको शुभारम्भ संगै श्री पूर्वी नेपाल यातायातमा काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिरोटचोकदेखी ईटहरी हुँदै विराटनगर र धरानसम्म यात्रा गर्ने सम्पूर्ण यात्रूहरुले बसमा राखिएको बैंक अफ काठमाण्डू लिमिटेडले हस्तान्तरण गरेको क्यूआर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

साथै कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै विराटनगर र धरानसम्म बस सेवाको सुविधा दिईरहेकोमा अब उपरान्त यस बससेवा प्रयोग गर्ने सम्पूर्ण यात्रुहरुले क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिने बैंको दाबी छ ।

साथै, यस बैंकद्वारा राखिएको क्यूआर कोड छोटो दुरीको यातायात सेवाहरुमा काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुँदै विराटनगर र धरानसम्म सञ्चालित हुने सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिने भएको हो ।

सेवाग्राहीहरुले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरीएको क्यूआर कोडस्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सुविधा प्रदान गर्दै आईरहेको छ ।

यससँगै बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शाखा कार्यालयहरुलाई परिचालन गरी देशका विभिन्न ब्यापारीक तथा अन्य स्थानहरुमा क्यूआर कोड राखी डिजिटल कारोबारको लागी ग्राहकहरुलाई उत्प्रेरित गरीरहेको बैंकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?