म्यानमारको प्रदर्शन : थप १२ जनाको हत्या, रगतले ढाक्यो सडक

लोकपथ
0
Shares

काठमाडौं । म्यानमारको सेनाले सैन्य ‘कू’ विरुद्ध प्रदर्शन गर्ने कम्तीमा १२ जनाको हत्या गरेका छन् ।

हिजो (बिहीवार) भएको प्रदर्शनमा सैन्यशासकहरूले कम्तीमा १२ जना प्रदर्शनकारीको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

सैन्य शासक शान्तिपूर्ण प्रदर्शनकारीको दमन मानवताविरुद्धको अपराधको हदमा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्वीरमा शहरका सडकहरू रगतपच्छे भएको र शरीरहरू यत्रतत्र छरिएको देखिन्छ ।

गत फेब्रुअरी १ मा भएको सैन्य कू पछि म्यानमारका विभिन्न भागमा भएका शान्तिपूर्ण प्रदर्शनमाथि सेनाले क्रूर दमन गरिरहेको छ ।

देशको लोकतान्त्रिक आमनिर्वाचनका परिणामलाई सेनाले अवैध ठहर गर्दै कू गरेपछि कम्तीमा ८० जनाले ज्यान गुमाइसकेको र सयौं मानिस घाइते भएको संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले जनाएको छ ।
हालै सेनाको हिरासतमा राहेका चार जनाको ज्यान गएको छ ।

कू भएयता दुई हजारभन्दा बढी मानिसलाई थुनामा राखिएको छ । उनीहरूलाई परिवार र इष्टमित्रको सम्पर्कमा आउन दिइएको छैन ।

म्यानमारको सरकारी पत्रिकाले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि न्यूनतम बल प्रयोग गरिएको बताएको छ ।

  • एजेन्सी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?