काठमाडौं । मेगा बैंकले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई सहुलियत दरमा कर्जा दिने भएको छ ।
यस विषयमा आज मेगा बैंक र संघबीच सम्झौता भएको छ । सो सम्झौता अनुसार,संघमा आबद्ध सबै ब्यवसायीले सहुलियत दरमा कर्जा पाउने भएका छन् ।
मेगाले राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीति बमोजिम यस्तो कर्जा वितरण गर्न लागेको हो । सो सम्झौता पछि संघमा आबद्ध व्यवसायीहरुलाई आफ्नो व्यावसाय प्रवर्द्धन गर्न मद्दत मिल्ने बैंकले विज्ञप्तिमा जनाएको छ ।
हाल मेगा बैंकका २ सय ४ वटै शाखा कार्यालय मार्फत व्यवसायीहरुले यस्तो सहुलियत दरको कर्जा सुविधा लिन सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया