अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी खारेज गर्ने एमालेको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी हटाएका छन् ।

आज बसेको एमालेको बैठकले त्यस्तो निर्णय गरेको हो ।

बैठकले गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज नियुक्त गरेको छ ।

जस अनुसार उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद आज बसेको बैठकले खारेज गरेको हो। त्यस्तै प्रवक्ताको जिम्मेवारी प्रदिपकुमार ज्ञवालीले पाएका छन् ।

आजको बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका ‘बादल’सहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको छ ।

आजको बैठकले महाधिवेशन परिचालन कमिटी समेत गठन गरेको छ । यसअघि एमालेमा २०५ जना केन्द्रीय सदस्य रहेका थिए, पूर्व माओवादीबाट २३ जना थप भएसँगै अब २२८ जनाको केन्द्रीय कमिटी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?