नेकपा एमालेको प्रवक्तामा प्रदीप ज्ञवाली, केन्द्रीय समिति बैठकले के-के निर्णय गर्‍यो ?

लोकपथ
0
Shares
फाइल तस्वीर ।

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रवक्ता प्रदीप ज्ञवाली बनेका छन् ।

आज (शुक्रबार) बसेको एमाले केन्द्रीय समिति बैठकले ज्ञवालीलाई प्रवक्तामा चयन गरेको हो ।

यस्तै बैठकले एमालेको विदेश विभाग प्रमुखबाट माधवकुमार नेपाललाई हटाएको छ । बैठकले उनको ठाउँमा डा. राजन भट्टराईलाई नियुक्त गरेको छ ।

राजनीतिक असन्तुष्टि बढेसँगै वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षमा गएका थिए । त्यसैले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले नेपाल पक्षले पाएका सबै जिम्मेवारी खोसेका छन्।

सर्वोच्चको फैसलापछि एमाले पूर्ववत् अवस्थामा फर्किएपछि पनि नेता नेपालले गुटगत भेला गर्दै हिँडेका कारण ओली उनीसँग सन्तुष्ट छैनन् ।हिजो (बिहीबार) मात्रै बानेश्वरमा गुटगत भेला गरेर नेपाल पक्षले पार्टीको बैठक बोलाउन र पार्टीलाई विधान अनुसार अघि बढाउन माग गरेको थियो।

अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी खारेज गर्ने निर्णय : 
बैठकले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारी हटाएको छ । जस अनुसार उपाध्यक्ष, उपमहासचिव, सचिवलगायत पद आज बसेको बैठकले खारेज गरेको हो। आजको बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएका ‘बादल’सहित २३ जना नेतालाई एमाले केन्द्रीय कमिटी सदस्य बनाउने निर्णय गरेको छ । बैठकले महाधिवेशन परिचालन कमिटी समेत गठन गरेको छ । यसअघि एमालेमा २०५ जना केन्द्रीय सदस्य रहेका थिए, पूर्व माओवादीबाट २३ जना थप भएसँगै अब २२८ जनाको केन्द्रीय कमिटी हुनेछ ।

नेकपा एमाले बागमतीको इन्चार्जमा बादल
नेपाल कम्युनिष्ट पार्टी एमालेको बागमती प्रदेशको इन्चार्जमा रामबहादुर थापा बादललाई नियुक्त भएका छन् ।
बैठकले पूर्व माओवादीबाट एमालेमा आएका बादलसहित २३ नेताहरुलाई एमाले केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णयसहित महाधिवेशन परिचालन कमिटी समेत गठन गरेको छ । यसअघि बागमतीको इन्चार्जमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी अष्टलक्ष्मी शाक्य रहेकी थिइन् । शाक्लाई हटाउँदै बादललाई इन्चार्ज नियुक्त गरिएको हो ।

यो पनि पढ्नुहोस् : 

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?