पार्टीको जिम्मेवारी हेरफेरमा ओलीको मनोमानी : नेपाल पक्षले बोलायो केन्द्रीय समिति र सांसदहरुको भेला

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मनोमानी ढंगले पार्टीमा जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको माधव नेपाल पक्षले (आज) शनिवार केन्द्रीय समिति र सांसदहरुको भेला बोलाएको छ । भेलामा ओलीको कदमपछि कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गरी निष्कर्षमा पुगिने एक नेताले बताए ।

शुक्रवार बैठक राखेरओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरुको पद खारेज खारेज गर्नुका साथै जिम्मेवारी हेरफेर गरेका थिए ।

यस्तै, माओवादीमा नफर्किएका रामबहादुर थापा बादल, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई ओलीले केन्द्रीय कमिटीमा ल्याउँनुका साथै जिम्मेवारी समेत दिएका छन् ।

ओलीको यो निर्णयपछि रुष्ट बनेको नेपाल पक्षले चैत ४ गतेका लागि राष्ट्रिय भेला समेत बोलाइसकेको छ भने समानान्तर कमिटी बनाउने घोषणा पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?