काठमाडौं । शनिवार राजधानीका विभिन्न स्थानमा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ६ घण्टा हुने लोडसेडिङमा जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गतका क्षेत्रमा र बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गतका क्षेत्रमा लोडसेडिङ हुने भएको हो ।
प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गत ब्रम्हखेल, माया पाटी, इन्द्रायणी, साँखु, जर्सिङ पौवा, नाङ्लेभारे लगायतका ठाउँमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लाइन काटिने छ । यस्तै बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने सुन्दरबस्ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म लाइन काटिने भएको छ ।
दुवै फिडर सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले ६ घण्टा लाइन बन्द गर्न लागिएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया