काठमाडौं । काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनायो । एपीएफका लागि बसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप जोरा र अमर रौटेलाले १८-१८ रन जोडे ।
भुवन कार्कीले १४ रन जोड्दा अविनास बोहराले १२ रन जोडे । शंकर राना र सुमित महर्जन समान ४ रनमा आउट भए । कमल ऐरी १ रनमा आउट हुँदा किशोर महतो १ रनमा अविजित रहे ।
कप्तान शरद भेषवाकर र आसिफ शेख सुन्य रनमा आउट भए ।
एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले ४-४ विकेट लिए । गुल्सनले ३६ रन खर्चिदा सागरले २८ रन खर्चिए ।
पवन सर्राफ र ललित राजवंशीले १-१ विकेट लिए । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५ र २५ हजार पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया