पेरिसडाँडा बैठकको निष्कर्ष : तीन दलको संयुक्त छलफलबाट सरकारबारे अन्तिम निर्णय गरिने

लोकपथ
0
Shares

काठमाडौं । नयाँ सरकार गठनका विषयमा नेकपा माओवादी केन्द्र, कांग्रेस र जसपाबीच बैठक बसेर निष्कर्ष निकालिने भएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले कांग्रेस, माओवादी र जसपाबचिको बैठक बसेर निष्कर्ष निकालिने निर्णय निकालेको हो ।

रेशम चौधरीको रिहाइ, मधेस, आन्दोलनका मुद्दा फिर्ता मागमा पनि सकारात्मक ढंगले अघि बढेको नेता नारायणकाजी श्रेष्ठले बताए ।

आजको छलफल फेरि बस्नेगरी बैठक सकिएको पनि उनले जानकारी दिए ।

बैठकमा ओली सरकार घातक रहेको भन्दै तीन दलको गठबन्धन उपयुक्त हुने निष्कर्ष समेत निकालिएको छ । यसको लागि छिट्टै तीन दलको बैठक बसेर ठोस निष्कर्ष निकाल्ने समझदारी भएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?