काठमाडौं । मोरङमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका-४ सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखियालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
मुखियाले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया