भारतद्वारा सर्लाहीमा कल्भर्ट र ढल निकास निर्माण

लोकपथ
0
Shares

भारत सरकारको आर्थिक सहयोगमा सर्लाहीको मलंगवा नगरपालिकास्थित वडा न ३ र ४ मा बनेको कल्भर्ट र ढल निकासीको उद्घाटन भएको छ ।

वीरगन्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमार र मलंगवा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत होमनाथ सुवेदीले संयुक्तरूपमा कल्भर्ट र ढल निकासीको उद्घाटन गरेका हुन् । सो परियोजना ४२.७८ मिलियन रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको भारतीय दूतावासले जनाएको छ ।

“नेपाल भारत विकास सहकार्य”कार्याक्रम अन्तर्गत भएको कल्भर्ट र ढल निकासी निर्माण दुई प्याकेजहरू मार्फत गरिएको । जसमा खानेपानी चोक देखि नगरपालिका चोकसम्म र शिव सागर चोक सडकदेखि विश्वकर्मा चोक सडक सम्म रहेका छन् ।

उक्त परियोजना भारत सरकार र नेपाल सरकार बिचको समझौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिईएको थियो ।

उक्त परियोजनाले मलंगवा नगरपालिकामा रहेको ५०० घरपरिवारलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपले लाभ पु¥याउने बताइएको छ । परियोजनाले नेपाल र भारत बिचको विकास साझेदारीलाई प्रतिविम्वित गर्नुका साथै फोहोर व्यवस्थापनको क्षेत्रमा पुर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुग्ने समेत अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?