काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई सिध्याउनेतर्फ उन्मुख गराएको आरोप लगाएका छन् । ।
उनले प्रधानमन्त्री केपी ओलीले एकता बचाउन नसकेर पार्टी सिध्याउनेतर्फ लागेको आरोप लगाएका हुन्। एमालेलाई धेरै संघर्षका साथ बनाइएको बताउँदै अहिले नै पार्टी फुट्यो भन्न नमिल्ने समेत नेता खनाल उल्लेख गरे ।
‘जसरी पार्टीलाई एकतापूर्ण तवरले बचाउनुपथ्र्यो त्यो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले न वैचारिक, न राजनीतिक, न शैद्धान्तिक तरिकाले बचाउन सक्नुभयो न पार्टी एकिकरण नै, उहाँले पद र शक्तिमा पुगेपछि पार्टीलाई बिर्सनुभयो ।’ नेता खनालले भने ।
खनालले आफूलाई दशौं महाधिवेशनले मात्र पदबाट हटाउन सक्ने तर्क गरे । उनले वैधानिक रुपमा बैठक नबोलाएर गुटगत बैठकबाट आफु अनुकुलका निर्णय ओलीले गरेकाले पार्टी विसर्जनतिर गएको आरोप लगाए ।
माओवादी केन्द्रसँग विगतमा एकिकरण गर्दापनि अध्यक्ष ओलीले आफुहरुसँग छलफल नै नगरेको समेत आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया