काठमाडौं । बाँकेमा एन्फा प्रेसिडेन्ट लिग कप फुटबल सोमवारदेखि शुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) ले आइतवार पत्रकार सम्मेलन गरि नेपालगन्ज रंगशालामा प्रतियोगिता हुन लागेको जानकारी गराएको हो ।
प्रतियोगितामा सात प्रदेशका लिग च्याम्पियन टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके), प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब(झापा), प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब(रौतहट), बागमती प्रदेश च्याम्पियन(धादिङ समाज), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब(लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब(जुम्ला) र सुदुरपश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब९कैलाली) ले प्रतिस्पर्धा गर्नेछन् ।
प्रसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् ।
चैत १५ गतेसम्म चल्ने लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।
प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् ।
यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया