सिरहाको मालपोत कार्यालयमा बम विष्फोट : गम्भीर घाइते नायव सुब्बा अस्पतालमा

लोकपथ
0
Shares

काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतवार बम विष्फोट भएको छ । बम विष्फोटमा परेर नायव सुब्बा शिव कुमार यादव गम्भीर घाइते भएका छन् भने अरु ५ जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदिप  राज भण्डारीले लोकपथलाई जानकारी दिए ।

घाइतेहरुको लाहान अस्पतालमा उपचार भइरहेको एसपी भण्डारीले बताए ।

‘घटना कसले गराएको हो भन्ने विषय खुलिसकेको छैन, हामी अनुसन्धान गरिरहेका छौँ ।’ एसपी भण्डारीले भने ।

मध्यान्न करिब १२ : ४० बजे मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको र विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ ।

प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको प्रहरीले बताएको छ । अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?