काठमाडौं । सिरहाको लाहन नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ८ जना घाइते र दुईजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राजभण्डारीले आइतवार दिउँसो भएको बम विष्फोटमा परी कर्मचारी सहित ८ जना सेवाग्राहि घाइते भएको बताए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको लाहान अस्पतालमा उपचार भइरहेको एसपी भण्डारीले बताए ।
घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
मध्यान्न करिब १२ : ४० बजे मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको र विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ ।
प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको प्रहरीले बताएको छ । अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् ।
यो पनि : सिरहाको मालपोत कार्यालयमा बम विष्फोट : गम्भीर घाइते नायव सुब्बा अस्पतालमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया