सिरहा बम विस्फोटमा गम्भीर घाइते भण्डारीको ट्रमा सेन्टरमा उपचार हुँदै

लोकपथ
0
Shares

काठमाडौं । सिरहाको जिल्ला मालपोत कार्यलय लहानमा बम विस्फोटमा गम्भीर घाइते भएका दिनेश भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

आइतवार मध्यान्न करिब १२:४० बजे मालपोत कार्यालयको दोस्रो तलामा बम विष्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उनको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइराखेको छ ।

प्रेसर कुकर बम विष्फोटमा परेर मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका छन् ।

सिरहा बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) ले लिएको छ । सिरहाको मालपोत कार्यालयमा भएको प्रेसरकुकर बम विष्फोटमा परी ८ जना घाइते भएका थिए ।

गोइत समूहले आज एक विज्ञप्ति निकालेर मोर्चाले भ्रष्टाचार जारी रहे यो भन्दा कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ । साथै यो घटनाबाट उत्पन्न सबै दुष्परिणामको जिम्मा नेपाल सरकार र प्रदेश सरकार हुने पनि उसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?