‘क्रान्ति पूरा भएको छैन, बन्दुक उठ्छ’ भन्दै मोहन वैद्यले दिए चेतावनी

लोकपथ
0
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेपालमा क्रान्ति पूरा नभएका कारण शान्तिको सम्भावना नरहेको भन्दै बन्दुक उठ्ने छन् ।

आइतबार नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध मोर्चाहरुले काठमाडौँको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै वैद्यले क्रान्तिपछि मात्रै शान्ति आउने भन्दै नेपालमा बन्दुक उठ्ने दाबी गरेका हुन् ।

अर्को एक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पार्टीहरु संसदवादी मुलधारमा आएको भनी दिएको अभिव्यक्तिप्रति टिप्पणी क्रान्तिकारीहरु संसदवादी मुलधारमा नभएको र आफूहरुले वर्तमान व्यवस्था नमान्ने बताउँदै विप्लवले सरकारसँग सम्झौता गर्ने बित्तिकै शान्तिको युग शुरु नहुने बताए ।

उनले भने ‘विप्लव’को राजनीतिक एजेण्डा स्पष्ट छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?