ओलीको निर्णय नमान्न अनुरोध गर्दै निर्वाचन आयोग पुगे नेपाल – खनाल पक्ष

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णय विधानसम्मत नभएको भन्दै  वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले निर्वाचन आयोग गुहारेका छन् ।

अध्यक्ष ओलीले गरेको निर्णय विधानविपरीत भएकाले गुट विशेषका निर्णयलाई वैधता नदिन अनुरोध गर्दै खनाल – नेपाल पक्षले निर्वाचन आयोग गुहारेका हुन् ।

आयोगमा दर्ता भएको पत्रमा पार्टी विधानको धारा ४१ मा पार्टी विभिन्न कमिटीका बैठकहरुको आयोजना हुनुपर्ने भएकाले बैठक नै नबोलाइ गरिएका निर्णय विधानअनुकूल ठहर नहुने उल्लेख गरिएका कारण प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गरेको निर्णय विधानविपरीत भएकाले गुट विशेषका निर्णयलाई वैधता नदिनु भन्दै खनाल नेपाल पक्ष आयोग पुगेको हो ।

उनीहरुले आयोगमा बुझाएको दुईपेज लामो पत्रमा स्थायी कमिटीका ११ सदस्यहरुले हस्ताक्षर गरेका छन्।

दुई पानाको पत्र बोकेर आयोग पुगेका नेता राजेन्द्र पाण्डे ११ जना पदाधिकारीले हस्ताक्षर गरेको पत्रसहित आफू आज निर्वाचन आयोग पुगेको र शुक्रवार गरिएका निर्णयहरू खारेज गर्नुपर्ने माग पत्रमा गरिएको जानकारी दिए।

दुई पानाको पत्र बोकेर आयोग पुगेका नेता राजेन्द्र पाण्डेले ११ जना पदाधिकारीले हस्ताक्षर गरेको पत्रसहित आफू  निर्वाचन आयोग पुगेको र शुक्रवार गरिएका निर्णयहरू खारेज गर्नुपर्ने माग पत्रमा गरिएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?