काठमाडौं । काठमाडौंको बौद्धबाट विभिन्न धनमाल चोरी भएको छ ।
काठमाडौं महानगरपालिका-६ बौद्ध कुमारीगाल डेरा गरी बस्ने गुल्मी बाली टक्सार गाप्दी-२ घर भएका ३४ वर्षीय मिठ्ठु रानाको कोठाबाट नगद १ लाख रूपैयाँ र सोही ठाउँ डेरा गरी बस्ने ईलाम घर भएकी ३८ वर्षीया निर्मला बरालको कोठाबाट ढोका फुटाई नगद २० हजार र साढे एक तोलाको सुनको सिक्री १ थान आइतवार दिउँसो चोरी भएको हो।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया