सर्लाही । मोटरसाइकल चोरी गरेर जलाएको आरोपमा सर्लाहीको बयलबासबाट एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–६, बयलबासका १६ वर्षीय ऐसान अन्सारी रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति स्थानीय मुस्तुफा अन्सारीको प्रदेश २–०३–०१२ प २६०३ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल घरबाटै हराएको थियो । प्रहरीले खोजी गर्ने क्रममा उक्त मोटरसाइकल शनिबार बिहान घर नजिकैको नारायण माध्यमिक विद्यालयको प्राङ्गणमा जलेको अवस्थामा फेला परेको थियो ।
घटनाबारे अनुसन्धान गर्दै जाँदा सो घटनामा मुस्तुफाकै काकाका छोरा ऐसानको संलग्नता देखिएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया