नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपालले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानसँग भिड्ने छ ।
नेपाल र किर्गिस्तानबीचको खेल मार्च २५ गते हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक गरेको हो ।

एन्फाले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ ।

May be an image of 3 people and text that says 'ANFA Three Nations Cup 2021 KYRGYSTAN Olympic Team KFU VS రាಶুాফ BANGLADESH NEPAL VS 17:30 hrs / 23rd Mar 2021 KFU BANGLADESH KYRGYSTAN Olympic Team VS 17:30 hrs 25th Mar 2021 NEPAL 17:30 hrs Final: Top two teams will play the final match on 29th March 2021 Group Winner VS 27th Mar 2021 Group Runner-up 17:30 hrs 29th Mar 2021 Venue: Dasarath Rangashala, Kathmandu Ticketing Partner pRaBha PAY'

प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल २३ मार्चमा हुनेछ ।

यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल २७ मार्चमा हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा कुल ४ खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?