काँग्रेस नेता नवीन्द्रराज जोशीको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । मष्तिष्कघात भएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको अवस्था नाजुक बन्दै गएको हो ।
पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बुधबार बिहान बताए ।
जोशीमा मष्तिष्कघात भएपछि फागुन १४ गते अस्पतालमा भर्ना भएका थिए ।
-यसअघि समाचारमा अन्यथा हुन गएकाले क्षमायाचनासहित सच्याइएको छ -सं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया