सरकारले अनुमतिबिना जग्गा प्लटिङमा रोक लगाए पनि जग्गा व्यवसायीले आफूखुसी त्यो काम गरि रहेको पाइएको छ । भिरालो जग्गामा जथाभावी डोजर लगाइएको छ ।
खोला, राजकुलो अनि सडकको ख्याल नगरी सार्वजनिक÷पर्ती जग्गा अतिक्रमण गरेर आफूखुसी रूपमा जग्गा व्यापारीले प्लाटिङ गरि रहेका छन्। भक्तपुरको चाँगुनारायण नगरका नौ वटै वडाका डाँडा र भिरालो जग्गाको उत्खनन भइरहेको छ । स्थानीय तहको नेतृत्व लिएका जनप्रतिनिधिलेजग्गा विकास, जग्गा प्लटिङ कार्यविधि तथा निर्देशिकाका नाममा व्यवसायीलाई मापदण्ड विपरीत प्लटिङको मौन स्वीकृति दिइरहेका छन् ।
‘ स्थानीय जनप्रतिनिधिको आडमा भूमाफियाले जताततै डोजर आतंक मच्चाइरहेका छन्,’ चाँगुनारायण नगरपालिका–९ ताथली छापकी सावित्री थापाले भनिन्, ‘सार्वजनिक जग्गा, सडक, खोला मिचे रपर्खाल लगाउने काम भएको छ, यस्तो अवस्थामा नगरपालिका भने मौन छ ।’ कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया