काठमाडौं- सत्तादल नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलले फागुन २८ गते केन्द्रीय सदस्यहरुको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते अर्थात आज राष्ट्रिय भेला गर्दैछ ।
फागुन २८ गतेको निर्णय आफूलाई मान्य नहुने भन्दै वरिष्ट नेता खनाल नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौं बोलाएर भेला आयोजना गर्न लागेको हो । यता नेकपा अध्यक्ष केपी शर्मा ओली भने कार्यकतालाई सो भेलामा सहभागी भए कारवाही गर्ने धम्की दिएका छन् तर नेपाल समूहले कारवाही सहन तयार रहेको बताएका छन् ।
सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र पुरानो विवाद झन् उत्कर्षमा पुगेको छ । ओली पक्षले नेपाल समूहको जिम्मेवारी खोस्दै लगेपछि विवाद उत्कर्षमा पुगेको हो । हाल नेपाल पक्षले देशव्यापी रुपमा आफ्नो तहबाट एमालेभित्र समानान्तर कमिटी बनाउन लागेको छ । यो समाचार नागरिक दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया