विद्यार्थीलाई कलेजहरुको धम्की,प्रहरीको भ्यान बोलाएर पठाइदिन्छु

लोकपथ
0
Shares

इटहरी- पछिल्लो सयम निजी कलेज तथा विद्यालयहरु विद्यार्थीहरुबाट चर्काे शुल्क उठाई छन् । भने मागे अनुसारको शुल्क नदिंदा विद्यार्थीहरुलाई मानसिक यातना दिइरहेका छन् । यस्तै इटहरीका निजी कलेजले विद्यार्थीलाई मानसिक यातना दिएर लकडाउनको समयमा अध्ययन नभएको शुल्क असुल्ने गरेको पाइएको छ । इटहरीका अधिकांश निजी कलेजले विद्याार्थीलाई विभिन्न बहाना बनाएर मानसिक यातना दिई शुल्क असुल्ने गरेको पाइएको हो ।

इटहरीको विश्व आदर्श कलेजमा कक्षा १२ अध्ययनरत नीमा तामाङले आफूलाई कलेजले मानसिक यातना दिने गरेको बताए । ‘हामीले जति समय पढ्यौं त्यति समयको पैसा तिर्ने माग राखेका हौं, कलेजले मानसिक रूपमा यातना दिएर शुल्क असुल्न लागिपरेको छ ।’ शिक्षकले प्रयोगात्मक परीक्षामा फेल गराइदिने भन्दै अश्लील शब्द प्रयोग गरी धम्की दिने गरेको उनले गुनासो गरे । ‘प्राक्टिकलको नम्बर काटिदिन्छु भन्दै धम्की दिएर शुल्क असुल्ने गरेको उनले बताए । यदि मात्र होइन् कलेजले ‘परिवारलाई पनि फोन गरेर मानसिक रूपमा टर्चर दिने गरेका छन् ।

शिक्षकले निजी विद्यालय राजनीति गर्ने थलो नभएको भन्दै सामुदायिक विद्यालयमा अध्ययन गर्न जानका लागि पटक–पटक धम्की दिने गरेको तामाङको गुनासो थियो । ‘तिमीहरू राजनीति गर्ने भए सामुदायिक क्याम्पस जानू, नभए प्रहरीको भ्यान बोलाएर पठाइदिन्छु, यतिसम्म भनेर पटक–पटक धम्की दिएका छन् । उनी एक प्रतिनिधि पात्र मात्र हुन् ।

इटहरीको विश्व आदर्श, कस्तुरी, कोसी, सुष्मा, नमुनालगायत यहाँ रहेका आधा दर्जन बढी निजी कलेजका सयौं विद्यार्थीहरू उनीजस्तै शोषणमा छन् । कलेजले विभिन्न बहानामा विद्यार्थीसंग यातना दिएर शुल्क असुल्ने गरेको विद्यार्थीको गुनासो छ । इटहरीको कस्तुरी कलेजमा कक्षा १२ मा अध्ययनरत निश्चल पौडेल भन्छन्, ‘जम्मा सात महिना पढाइ भएको छ, अहिले कलेजले विभिन्न रूपमा मानसिक यातना दिएर १२ महिनाको नै फि मागिरहेको छ ।

उनका अनुसार कलेजले १२ कक्षाको फर्म भर्नु अगाडि नै वर्षभरिको सबै पैसा माग्ने गरेकाले आफूहरू समस्यामा रहेको उद्धृत गरे । इटहरीको कोसी कलेजकी सुमिना डाँगीले अनलाइनबाट कक्षा सञ्चालन भएको पनि कलेजले शुल्क असुलेको बताइन् । ‘लकडाउनको समयमा कहिलेकाहीँ अनलाइनबाट पढाइ भएको पनि कलेजले रकम मागेको अवस्था छ,’ उनले आफ्नो समस्या सम्झंदै भनिन्, ‘सबैको घरमा नेट हुँदैन धेरैजसो विद्यार्थीले त अनलाइनबाट पढ्न पनि पाएनन्, तर हामीले मानसिक यातना भोगिरहेका छौं ।

उनका अनुसार अनलाइन क्लासको नाममा कलेजले चरम शोषण गरेको बताइन् । ‘त्यो समयमा अनलाइनबाट कक्षा लिनका लागि भर्ना नगरी हुँदैन भनेर हामीले जबर्जस्ती १० हजार रुपैयाँ तिर्न बाध्य भयौं,’ उनले भनिन्, ‘१२ कक्षाको फर्म भर्नका लागि अहिले सबै रकम मागिरहेको अवस्था छ । यो समाचार राजधानी दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?