प्रधानमन्त्री ओलीले राज्यका सबै अंग कब्जा गरे : डा.भट्टराई

लोकपथ
0
Shares

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै अंग र साधनस्रोत माथि कब्जा जमाएको दावी गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनि गर्दै नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट छिटो बिदा गर्न नसकेमा इतिहासले माफ नगर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछि हट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?