काठमाण्डौं- नाइजरमा बन्दुकधारी समूहले गरेको आक्रमणमा परि कम्तीमा ५८ जनाको ज्यान गएको छ । मालीसँगको सीमा क्षेत्रमा हिजो मंगलबार भएको आक्रमणमा ५८ जना मारिएका नाइजर सरकारले जनाएको हो । बीबीसीका अनुसार तिलाबेरी क्षेत्रको बजारबाट चारवटा गाडीमा आउंदै गरेका नागरिकलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।
आक्रमणको कुनै पनि समूहले अहिलेसम्म जिम्मेवारी लिएको छैन् । नाइजरमा अहिले दुई वटा विद्रोही समूह सक्रिय रहेका छन् । पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय रहेको बीबीसीले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया