काठमाडौं । जितसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २-० ले पराजित गर्दै सिटी अन्तिम आठमा प्रवेश गरेको हो ।
जर्मन क्लबविरुद्ध सिटी समग्रमा ४-० को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा सिटीले २-० कै जित निकालेको थियो ।
दोस्रो लेगमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र इल्के गुन्डोगानले एक एक गोल गरे ।
खेलको १२ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको १८ औं मिनेटमा गुन्डोगानले गोल गर्दिया सिटीलाई २-० को सहज जित दिलाए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया