काठमाडौं । झापामा गोरु काटिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-१२ कालिझोडा गाउँमा गोरु काटिरहेको अवस्थामा ४ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुनिल बिक, ३० वर्षीय टार्जन आछामी, २१ वर्षीय सुवास दर्जी र सोही नगरपालिका-५ बस्ने २१ वर्षिय महेश सार्की रहेका छन् ।
उक्त स्थानमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले गोरू काटिरहेको अवस्थामा १ थान दाउ, १ थान बन्चरो र २ थान चक्कु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया